प्रदेश २ मा एक्कासि चलेकाे हुस्सु र शितलहरले जनजीवन कष्टकर
जनकपुरधाम। प्रदेश २ का जिल्लामा एक्कासि बाक्लो हुस्सु र शितलहर चलेपछि जनजीवन प्रभावित हुन पुगेकाे छ। मंगबार विहानैदेखि यस क्षेत्रमा चिसो बढेको छ।
एक्कासि चिसो बढेपछि जनकपुरधामसहित यस क्षेत्रका शहरी क्षेत्रमा सर्वसाधारणको चहलपहलसमेत घटेको छ। चिसो बढेपछि स्थानीयहरूले ठाउँठाउँमा आगो बालेर ताप्न सुरु गरेका छन्। मंगबार बिहानै ५ बजे लागेको बाक्लो हुस्सुको कारण गाडी, मोटरसाइकलहरू लाइट बालेर चलाउनुपर्ने अवस्था छ।
हुस्सुको कारण पूर्व पश्चिम राजमार्गमा सवारीसाधन आवतजावतको संख्यासमेत घटेको छ। पुस र माघमा लाग्ने हुस्सु र शितलहर मंसिरको सुरुको पहिलो सप्ताहमै सुरू भएपछि सर्वसाधारणले यस वर्षको चिसो लाम्मो हुने अनुमान लगाएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment