श्रीलंकाका विश्वकप विजेता कप्तान तथा पूर्वमन्त्री अर्जुन रणतुंगाले राजीनामा दिए

डिसी नेपाल
१४ मंसिर २०७८ १६:५४
140
Shares

काठमाडौं। श्रीलंकाका पूर्व मन्त्री तथा विश्वकप विजेता कप्तान रहिसकेका दिग्गज क्रिकेटर अर्जुन रणतुंगाले देशको विपक्षी दल युनाइटेड नेशनल पार्टीबाट राजीनामा दिएका छन् । समाचार एजेन्सी पीटिआइका अनुसार उनले पार्टीको काम कारवाहीका विषयमा असन्तुष्टि व्यक्त गर्दै यही राजीनामाको कारण भएको बताएका छन् ।

युएनपी नेता तथा श्रीलंकाका पूर्व प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई लेखेको एक पत्रमा उनले युएनपी हालैको चुनाबी हारपछि पनि आफूलाई पुनर्जीवित र रिब्राण्ड गर्न सफल नभएको बताउँदै यसका कारण आफूले राजीनामा दिएको बताएका छन् । अगष्ट २०२० मा भएको संसदीय चुनाबमा युएनपीले नराम्रो पराजय व्यहोरेको थियो । पार्टीले चुनाबमा एक सिट पनि जितेन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *