आइपिएलमा विराट कोहलीको भन्दा ऋषभ पन्तको पारिश्रमिक धेरै, धोनीभन्दा जडेजा महंगा
काठमाडौं। आइपिएल २०२२ को लागि ८ टिमले कूल २७ खेलाडी रिटेन गरेका छन् । चेन्नइ सुपरकिंग्सले कप्तान महेन्द्र सिंह धोनीसहित ४ जना खेलाडी रिटेन गरेको छ । चेन्नइका रिटेन गरिएका खेलाडीमा धोनी दोस्रो नम्बरमा परेका छन् । उनलाई १२ करोड रुपैयाँ पारिश्रमिक दिइनेछ । चेन्नइले १ नम्बरमा रविन्द्र जडेजालाई रिटेन गरेको छ । जडेजाको पारिश्रमिक १६ करोड रुपैयाँ हुनेछ ।
धोनीलाई गत सिजन १५ करोड रुपैयाँ दिइएको थियो । यो सिजन रिटेन गरिएका खेलाडीमध्ये ५ जना खेलाडीको पारिश्रमिक धोनीको भन्दा धेरै छ । यसबाहेक लिलामीमा अरु खेलाडीले पनि धेरै मूल्य पाउन सक्छन् । धोनीभन्दा धेरै पारिश्रमिक पाउने खेलाडीमा राजस्थान रोयल्सका कप्तान संजू सामसन पनि छन् । सामसनलाई राजस्थानले १४ करोड दिनेछ । दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले १६ करोड पाउनेछन् । सनराइजर्स हैदराबादका कप्तान केन विलियमसनलाई १४ करोड दिइनेछ । मुम्बइ इण्डियन्सका कप्तान रोहित शर्माले १६ करोड पाउनेछन् ।
अघिल्लो सिजन सबैभन्दा धेरै १७ करोड पारिश्रमिक लिएका रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहली आगामी सिजन १५ करोड पारिश्रमिकमा खेल्नेछन् । उनी अर्को सिजन टिमका कप्तान पनि हुने छैनन् । कोलकाता नाइटराइडर्सले आन्द्रे रसेललाई १२ करोडमा रिटेन गरेको छ । मुम्बइले पनि जसप्रित बुमराहलाई १२ करोडमा रिटेन गरेको छ ।







डिसी नेपाल







Facebook Comment