सुपरस्टार राशिद खानलाई पन्छाएर ३ वटा मात्र आइपिएल खेलेका खेलाडी रिटेन
काठमाडौं। इण्डियन प्रिमियर लिगमा ८ टिमले २७ जना खेलाडी रिटेन गरेका छन् । तर, यसरी रिटेन गर्ने क्रममा केही यस्ता खेलाडी रिटेन गरिएका छन् जसले क्रिकेट जगतमा तहल्का मच्चाइदिएको छ । आइपिएलका टिमहरुले खेलाडी रिटेन गर्ने क्रममा जम्मु कश्मिरका २ जना खेलाडीहरुको भाग्य चम्किएको छ । सनराइजर्स हैदराबादले कप्तान केन विलियमसनसँगै जम्मु कश्मिरका २ खेलाडी अब्दुल समाद र उमरान मलिकलाई रिटेन गरेको छ ।
आश्चर्यको कुरा विश्व क्रिकेटमै तहल्का मच्चाएका सुपरस्टार स्पिनर राशिद खानलाई छोडेर सनराइजर्सले जम्मु कश्मिरका बलर उमरान मलिकलाई रिटेन गरेको छ जसले गएको सिजन मात्रै आइपिएल खेलेका हुन् । त्यही पनि उनले अन्तिम ३ खेल मात्र खेल्न पाए । उनले एउटा खेलमा विकेट लिन सकेनन् अन्य २ खेलमा १–१ विकेट लिए । रिटेन गरिएका अर्का खेलाडी अब्दुल समादले भने केही धेरै खेल खेलेका छन् । समादले कूल ४४ टि–२० खेलेका छन् । उमरान मलिकले भने ८ वटा मात्र टि–२० खेलेका छन् । तीमध्ये तीनवटा आइपिएलका खेल हुन् ।
केही दिन पहिलेसम्म उमरान मलिकका पिता एक पसलमा फलफुल बेच्ने काम गर्थे । उमरानको यहाँसम्मको यात्रा निकै कठिन थियो । उमरान गत सिजन पहिलो पटक आइपिएल खेल्न पाएका थिए । उनले केवल ३ खेल सनराइजर्सका लागि खेलेका छन् । उनले केवल २ विकेट लिन सकेका छन् तर खेलमा उनको तीब्र गतिको बलिङ देखेर धेरै जना आश्चर्यमा परेका थिए ।
२०२१ मा सनराइजर्सले उनलाई बेस मूल्य २० लाखमा किनेको थियो । यसपटक भने उनलाई सनराइजर्सले ४ करोड रुपैयाँमा रिटेन गरेको छ । २०२१ मा सबैभन्दा तीब्र गतिका १० बलमध्ये ४ बल उमरान मलिकले फालेका थिए । उनको सबैभन्दा तीब्र बल १५२.९५ किलोमिटर प्रतिघण्टाको थियो । आइपिएलको सिजनकै सबैभन्दा तीब्र बल लोकी फर्ग्युसनले १५३.६३ किलोमिटर प्रतिघण्टाको गतिमा फालेका थिए । २२ वर्षका उनलाई सनराइजर्सले अनक्याप्ड खेलाडीको रुपमा रिटेन गरेको हो ।
जम्मु कश्मिरकै १९ वर्षका अब्दुल समादलाई सनराइजर्सले २०२० को आइपिएल लिलामीमा किनेको थियो । उनलाई पनि सनराइजर्सले २० लाखमा किनेको थियो । उनले आइपिएलमा सनराइजर्सको लागि कूल २३ खेल खेलेका छन् र २२२ रन बनाएका छन् । उनलाई पनि सनराइजर्सले अनक्याप्ड खेलाडीको रुपमा रिटेन गरेको हो । समादले पनि ४ करोड पारिश्रमिक पाउनेछन् ।







डिसी नेपाल







Facebook Comment