स्पेनिस ला लिगा : कप्तान बेन्जेमाको गोलमा रियल विजयी

डिसी नेपाल
१६ मंसिर २०७८ ८:०४
100
Shares

काठमाडौं। कप्तान करिम बेन्जेमाको निर्णायक गोलमा स्पेनिस ला लिगामा रियल म्याड्रिडले शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको छ । बुधबार राति घरेलु मैदानमा रियलले एथ्लेटिको बिल्वावोविरुद्ध १-० अन्तरको जित निकालेको हो।

बेन्जेमाले पहिलो हाफको ४०औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। जितसँगै रियलको १५ खेलबाट ३६ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिड र रियल सोसिडाडको समान २९ अंक छ । एट्लेटिकोले एक खेल कम खेलेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *