आर्मीविरुद्ध अप्रत्यासित नतिजा दिने दाउमा ब्रिगेड ब्वाइज क्लब
काठमाडौं।शीर्ष डिभिजन लिग सुरुहुँदै गर्दा ४ क्लबले उपाधिमा दाबेदारी प्रस्तुत गरेको थिए । त्यसमध्ये एक हो, विभागीय त्रिभुवनआर्मी फुटबल क्लब । सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु भयो । तर साविक उपविजेता आर्मीले तयारी र योजनाअनुसार नतिजा र प्रदर्शन दुबै दिन सकेन ।
लिगको तेस्रो चरणमा आज (आइतबार( आर्मीले पेपरमा कमजोर मानिएको ब्रिगेड ब्वाइज क्लब (बीबीसी) विरुद्ध खेल्दैछ । दशरथ रंगशालामा हुने दिनको एकमात्रै खेल साझ पौने ५ बजे सुरु हुनेछ ।तेस्रो खेलमा आर्मी पहिलो जितको खोजीमा छ । आर्मीले अघिका दुबै खेलमा अंक बाँडेको थियो । समग्रमा दुबै खेल आर्मीले आफ्नै स्तरको प्रतिद्वन्द्वी पाएको थियो ।
पहिलो खेलमा विभागीय नेपाल पुलिससँग १–१ अन्तरले बराबरी खेल्दै अंक बाँडेको आर्मी दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबसँग गोलरहित बराबरी खेल्न बाध्य भयो ।लिगमा आर्मीलाई बीबीसी सहज प्रतिद्वन्द्वी हुन सक्नेछ । विगतले समेत त्यहीँ देखाएको छ । पछिल्लो दुबै संस्करणको लिगमा आर्मीले सहज जित निकालेको छ । यसपटक समेत शारीरिक तथा प्राविधिक रुपमा बलियो आर्मी युवा खेलाडी सम्मिलित बीबीसीबाट तीन अंक खोस्ने दाउँमा छ ।
‘विपक्षीलाई कमजोर मान्नु हुन्न । हामी आफ्नो खेल खेल्दै तीन अंक लिने प्रयासमा गर्नेछौं,’ आर्मीका सहायक प्रशिक्षक राजु तामाङ भन्छन् ।लिगको तयारी क्रममा मुख्य फरवार्ड नवयुग श्रेष्ठ गुमाएको आर्मी अट्याक लाइनमै कमजोर देखिएको छ । नवयुगलाई गुमाएको आर्मी अर्का स्ट्राइकर सुदिल राईलाई समेत चोटका कारण पाउने छैन ।
बीबीसीविरुद्ध आर्मीले अग्रपंक्तिमा कप्तान भरत खवास र जर्ज प्रिन्स कार्कीलाई उतार्ने छ ।यता, बीबीसीसमेत युवा खेलाडीको उच्च मनोबलका साथ आर्मीलाई चुनौती दिन तयार छ । नेपाल यु–१६ टोलीका कप्तान समेत रहीसकेका रोशन राना मगरको कप्तानीमा रहने बीबीसी जारी लिगमा अपराजित छ ।२ खेल खेलेका उसले १ जित र १ बराबरसहित ४ अंक जोडेको छ ।सनोज श्रेष्ठको प्रशिक्षणमा रहेको बीबीसी आर्मीविरुद्ध अप्रत्याशित नजिता दिने योजनामा छ ।







डिसी नेपाल







Facebook Comment