विराट कोहलीलाई भारतको एकदिवसीय टिमको कप्तानबाट हटाइयो

डिसी नेपाल
२३ मंसिर २०७८ ११:०९
544
Shares

काठमाडौं। विराट कोहलीलाई भारतको एकदिवसीय टिमको कप्तानबाट हटाइएको छ । क्रिकेटका ३ फरम्याटमध्ये सबैभन्दा छोटो टि–२० फरम्याटको कप्तानी विराट आफैंले छोडेका थिए । उनले टि–२० विश्वकपभन्दा अगाडि नै बीसीसीआइलाई राजीनामा बुझाउँदै विश्वकपपछि कप्तानी छोड्ने घोषणा गरेका थिए ।

कोहलीले कप्तानी त्यागेपछि टि–२० फरम्याटको कप्तान रोहित शर्मालाई बनाइएको थियो । बीसीसीआइले बुधबार ५० ओभरको एकदिवसीय फरम्याटमा पनि कोहलीलाई कप्तानबाट हटाउँदै रोहित शर्मालाई नयाँ कप्तान नियुक्त गरेको छ । यससँगै अब भारतीय टिमको सेतो बलको सीमीत ओभरका फरम्याटमा रोहित शर्माले नेतृत्व गर्नेछन् । कोहली टेस्टमा मात्र कप्तान रहनेछन् ।

दक्षिण अफ्रिका टुरको लागि टिम घोषणा गर्ने क्रममा बीसीसीआइले रोहित शर्मालाई एकदिवसीय टिमको कप्तान समेत घोषणा गरेको हो । दक्षिण अफ्रिकामा टेस्टको कप्तान विराट कोहली नै रहनेछन् । अजिंक्या राहाणेलाई टेस्ट टिमको उपउपकप्तानबाट हटाएर रोहित शर्मालाई नै टेस्टको उपकप्तान सकेत बनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *