‘ए’ डिभिजन लिग : मनाङ शीर्ष स्थानमा उक्लियो

डिसी नेपाल
२४ मंसिर २०७८ १५:१२
124
Shares

काठमाडौं। कुपन्डोलको फ्रेन्डस क्लबमाथि २-० अन्तरको सहज जितका साथ मनाङ मर्स्याङ्दी सहिद स्मारक‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न चौथो चरणको पहिलो खेलमा मनाङलाई तीन अंक दिलाउन ओलाओले आफिज र दिनेश राजवंशीले समान एक गोल गरे।

४०औं मिनेतमा कप्तान अञ्जन विष्टको पासमा आफिजले गरेको गोलमा मनाङले अग्रता लिएको थियो । ७२औं मिनेटमा पुजन उपरकोटीको फ्रिकिकलाई दिनेशले हेडरमार्फत जाली चुमाउँदै मनाङको अग्रता दोब्बर पारेका थिए।

मनाङ चार खेलमा १० अंकसहित शीर्ष स्थानमा उक्लिएको हो। तीन खेलमा समान सात अंक बटुलेका सातदोबाटो युथ क्लब र मच्छिन्द्र फुटबल क्लब क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । चार खेलमा मात्र २ अंक जोडेको फ्रेन्डस भने १०औं स्थानमा छ।

खेलमा मनाङले पकड बनाएको थियो। दुबै टोलीले गोल गर्ने अवसर बनाएपनी सदुपयोग गर्न सकेनन्। यसअघि २१औं मिनेटमा अञ्जनको पासमा स्ट्राइकर एडेलाजा सोमिडेले सेकेन्ड बार च्याप्दै प्रहार गरेको बल पोस्टभन्दा केही माथिबाट बाहिरिँदा मनाङले अग्रताको अवसर गुमएको थियो।

३९औं मिनेटमा मनाङका आफिजले गरेको प्रहार गोलकिपर राहुल यादवले विफल पार्दै फ्रेन्डसको संकटा टारेका थिए। ४३औं मिनेटमा मनाङले अग्रता दोब्बर पार्ने अवसर गुमायो । पुजन उपरकोटीको फ्रिककमा अञ्जनले गरेको हेडर फ्रेन्डसका रक्षक रोनिल पाउलले बचाएका थिए। फ्रेन्डसको जारी लिगमा अझै जितविहीन छ।

पौने ५ बजे सुरु हुने दोस्रो खेलमा च्यासल युथ र त्रिभुवन आर्मी फुटबल क्लब प्रतिस्पर्धा गर्दैछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *