आयोजक बालाजुलाई उपाधि

डिसी नेपाल
२५ मंसिर २०७८ २१:१४
28
Shares

काठमाडौं ।आयोजक बालाजु तेक्वान्दो डोजाङ ‘बी’ ले प्रथम उपत्यकाब्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । समग्रमा टिम च्याम्पियन बनेको बालाजु ‘बी’ ले ६ स्वर्ण, ३ रजत र ३ कांस्य जित्यो ।

दिलीप स्मृति तेक्वान्दो डोजाङले ३ स्वर्ण, ४ रजत र १२ कांस्य जित्दै दोस्रो भयो । तेस्रो स्थानमा चित्त बुझाएको आयोजक बालाजु ‘ए’ ले ३ स्वर्ण, १ रजत र १२ कांस्य हात पार्‍यो ।

शनिबार बालाजुस्थित तरुण माविमा भएको प्रतियोगिताको पुरुषमा आयोजक बालाजु ‘बी’ का सुजन लामा तथा महिलामा द गुर्खाकी प्रिस्का मगर उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई युएस वेस्ट तेक्वान्दो एसोसिएसन, अमेरिकाका इन्स्ट्रक्टर ग्रान्ड मास्टर सुधोधनमान रञ्जित, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अरुण बस्नेत, आयोजक बालाजु डोजाङका प्रमुख सुरेश मानन्धरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा तेक्वान्दो खेलको विकास र विस्तारमा योगदान पुर्‍याएबापत काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्कालगायतलाई प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । दुई दिने प्रतियोगितामा विभिन्न १६ स्पर्धामा १ सय ४० खेलाडी सहभागी थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *