काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा दिवाकर घले र किरण राना

डिसी नेपाल
२६ मंसिर २०७८ १३:१५
36
Shares

काठमाडौं काठमाडौं जिल्ला क्रिकेट संघको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले रिक्त रहेको दुई सदस्यमा दिवाकार घले र किरण राणालाई नियुक्त गरेको छ ।

सभाले संघको सल्लाहाकारमा ठाकुर प्रताभ थापासहित तीन जनालाई नियुक्त गरेको छ । कार्यक्रममा संघका अध्यक्ष अमित पाण्डेले काठमाडौं सधै नेपाली क्रिकेटको उर्भरभूमिका रूपमा क्रियाशील रहँदै आएको र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गरे ।

त्यस्तै संघका सचिव वसन्तराज सत्यालले संघको भावी योजनाहरु प्रस्तुत गरे।  जुनियर छात्र र छात्रा क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारी गरेको जानकारी दिएका उनले २९ मंसिरबाट जिल्लास्तरीय प्रतियोगिता गर्ने पनि बताए । उनका अनुसार चाँडै नै क्रिक्रेट एकेडेमी सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *