चौथो चरणमै ५० गोल, एपीएफ र जावलाखेलको खातामा अंक
काठमाडौं । डिफेन्डर निरज बस्नेतले नेपाल पुलिस क्लबविरुद्ध गरेको डाइभिङ हेडर गोलसँगै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ५० गोल पूरा भएको छ । सोमबार चौथो चरणका खेल सकिँदा ५० गोल पूरा भए । लिगको ५० गोल निरजकै नाममा रह्यो ।
रोचक कुरा के रह्यो भने संकटाले नै लिगमा सुरुआती गोल गरेको थियो । लिगको उद्घाटन खेल गोलरहित बराबरीमा सकिँदा संकटाका लक्ष्मण रुचालले दोस्रो खेलमा हिमालयन शेर्पा क्लबविरुद्ध गोल गर्दै शीर्ष डिभिजन लिग ९२०७८० मा सुरुआती गोल आफ्नो नाममा लेखे ।
चौथो चरणको खेल सकिँदा चार टोलीले आफ्नो अपराजित यात्रा कायम राखेका छन् । यस चरणमा रेलिगेसन जोनमा रहेका एपीएफ फुटबल क्लब र जावलाखेल युथ क्लबले अंक खाता खोले । चौथो चरणमा आइपुगेर नवप्रवेशी सातदोबाटो युथ क्लब र विभागीय नेपाल पुलिस क्लबले हार बेहोरे ।
साविक विजेता मछिन्द्र फुटबल क्लब, उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लब लिगमा अपराजित छन् । चौथो चरणमा सात खेल हुँदा सामान चार खेलबाट १० अंक जोडेको मनाङलाई पछि पार्दै मछिन्द्र शीर्षस्थानमा छ ।
समान आठ अंकको संकटालाई पछि पार्दै आर्मी तेस्रो स्थानमा छ भने ७औं स्थानको सातदोबाटो पाँचौ स्थानमा छ । समान पाँच अंकका थ्री स्टार, ब्रिगेड ब्वाइज क्लब ९बीबीसी०, नेपाल पुलिस र न्युरोड टिम एनआरटी क्रमशः छैटौं, सातौं, आठौं र नवौं स्थानमा छन् ।
यता, चार अंकको च्यासल दशौं स्थानमा रहँदा समान दुई अंकका फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लब क्रमशः ११ र १२ औं स्थानमा छ । चौथो चरणमा आएर पहिलो अंक जोडेका जावलाखेल युथ क्लब र एपीएफ फुटबल क्लब क्रमशः १३ औं र १४ औं स्थानमा छन् ।
तेस्रो चरणको खेलमा ठूला क्लबहरू मनाङ, मछिन्द्र र आर्मीले सहज जित पाए । एनआरटीले समेत अपराजित रहेको सातदोबाटोविरुद्ध जित पायो । यस्तै बलियो थ्री स्टार एपीएफसँग रोकिन बाध्य भयो । यस चरणमा पाँच खेलमा जितहारको छिनोफानो हुँदा दुई खेलमा कुनै नतिजा आएन । सात खेलमा नौ गोल भए ।
अब, पाँचौ चरणको खेल शुक्रबारबाट सोमबारसम्म हुनेछ । आयोजक अखिल नेपाल फुटबल संघ ९एन्फा०ले पहिलो पटक मोफसलमा लिग पुर्याएको छ । यसअघि केन्द्रकृत लिगलाई एन्फाले पहिलोपटक मोफसलमा लगेको हो ।
पोखरा रंगशालालाई कीर्तिमानी आठौंपटक लिग च्याम्पियन मनाङ मर्स्याङ्दीले आफ्नो होम मैदान बनाएपछि लिग पोखरा पुगेको हो । ३ पुस ९शनिबार० २ बजे मनाङले नेपाल पुलिससँग खेल्दै मोफसलमा शीर्ष डिभिजन लिग पहिलोपटक खेल्नेछ । अन्य खेल भने काठमाडौंनै हुनेछ । यसैगरी मनाङले सातौ र आठौं चरणसमेत पोखरा गएर खेल्नेछ ।
चोथो चरणसम्म आइपुग्दाको नतिजा
पहिलो चरणका खेलका नतिजा
१, फ्रेन्ड्स क्लब ०–० सातदोबाटो युथ क्लब
२, हिमालयन शेर्पा क्लब १–१ संकटा क्लब
३, च्यासल युथ क्लब ०–३ थ्री स्टार क्लब
४, ब्रिगेड ब्वाइज क्लब ३–२ एपीएफ फुटबल क्लब
५, जावलाखेल युथ क्लब ०–१ मनाङ मर्स्याङ्दी क्लब
६, त्रिभुवन आर्मी फुटबल क्लब १–१ नेपाल पुलिस क्लब
७, मछिन्द्र फुटबल क्लब २–१ न्युरोड टिम एनआरटी
जम्मा गोल – १६ गोल
–दोस्रो चरणका खेलका नतिजा
८, सातदोबाटो युथ क्लब १–० थ्रीस्टार क्लब
९, संकटा क्लब २–१ फ्रेण्ड्स क्लब
१०, च्यासल युथ क्लब १–० एपीएफ फुटबल क्लब
११, हिमालयन शेर्पा क्लब ०–१ मनाङ मर्स्याङ्दी क्लब
१२, जावलाखेल युथ क्लब ०–१ नेपाल पुलिस क्लब
१३, ब्रिगेड ब्वाइज क्लब ०–० न्युरोड टिम एनआरटी
१४, त्रिभुवन आर्मी फुटबल क्लब ०–० मछिन्द्र फुटबल क्लब
जम्मा – सात गोल
–तेस्रो चरणका खेलका नतिजा
१५, फ्रेन्ड्स क्लब १ – १ थ्री स्टार क्लब
१६, सातदोबाटो युथ क्लब ४ – १ एपीएफ फुटबल क्लब
१७, संकटा क्लब २ – २ मनाङ मर्स्याङ्दी क्लब
१८, च्यासल युथ क्लब १ – १ न्युरोड टिम एनआरटी
१९, ब्रिगेड ब्वाइज क्लब ० – १ त्रिभुवन आर्मी फुटबल क्लब
२०, हिमालयन शेर्पा क्लब १ – १ नेपाल पुलिस क्लब
२१, जावलखेल युथ क्लब ० – २ मछिन्द्र फुटबल क्लब
जम्मा – १८ गोल
–चौथो चरणको खेलका नतिजा
२२, मनाङ मर्स्याङ्दी क्लब २ – ० फ्रेण्ड्स क्लब
२३, च्यासल युथ क्लब ० – २ त्रिभुवन आर्मी फुटबल क्लब
२४, सातदोबाटो युथ क्लब ० – १ न्युरोड टिम एनआरटी
२५, हिमालयन शेर्पा क्लब ० – ३ मछिन्द्र क्लब
२६, थ्रीस्टार क्लब ० – ० एपीएफ फुटबल क्लब
२७, संकटा क्लब १ – ० नेपाल पुलिस क्लब
२८, जावलाखेल युथ क्लब ० – ० ब्रिगेड ब्वाइज क्लब
जम्मा – ९
जम्मा गोल – ५०







डिसी नेपाल







Facebook Comment