जिनाब्रीको ह्याट्रिकमा बायर्नको सहज जित
काठमाडौं। अट्याकर सर्जी जिनाब्रीको ह्याट्रिक र रोबर्ट लेवाण्डोस्कीको दुई गोलमा बायर्न म्युनिखले जर्मन बुण्डेसलिगामा सहज जित पाएको छ। मंगलबार राति भएको खेलमा जिनाब्रीको ह्याट्रिक र लेवाण्डोस्कीले दुई गोलमा भ्रमणकारी टोली बायर्नले भीएफबी स्टुटगार्डलाई ५-० अन्तरले पराजित गर्याे।
स्टुटगार्डको घरेलु मैदान मार्काडेज बेन्च एरिनामा भएको खेलमा ४०औँ मिनेटमा जिनाब्रीले सुरुआती अग्रता बनाए। ५३औँ मिनेटमा जिनाब्रीले दोहोरो अग्रता दिलाए। ६९औँ मिनेटमा लेवाण्डोस्कीले व्यक्तिगत पहिलो गोल गरे भने ७२ औँ मिनेटमा लेवाण्डोस्कीले दोहोरो तथा टोलीको लागि ४–० को अन्तर बनाए। खेलको ७४ मिनेटमा जिनाब्रीले ह्याट्रिक तथा टोलीको लागि पाँँचौं गोल गरे।
जितसँगै बायर्नले शीर्ष स्थानमा ९ अंकको अग्रता बनाएको छ। बायर्नकाे १६ खेलमा ४० अंक छ। एक खेल कम खेलेर दोस्रो स्थानमा रहेको डर्टमण्डसँग ३१ अंक छ। पराजित स्टुटगार्ड भने समान खेलबाट १७ अंक बनाउँदा १५औँ स्थानमा छ।







डिसी नेपाल







Facebook Comment