अवैधानिक आप्रवासी कामदारहरुको हितमा मलेसिया सरकारः वैधानिक भएर बस्न पाउने समय अवधि थप

डिसी नेपाल
८ पुष २०७८ २२:१७

क्वालालम्पुर / अवैधानिक आप्रवासी कामदारहरुको हितको निम्ति  मलेसिया सरकारले वैधानिक भएर बस्न पाउने (रिक्यालिब्रेशी पुलाङ्) कार्यक्रमको समय अवधि तेस्रोपटक थप गरेको छ ।

मलेसिया सरकारले गत बर्ष २०२० को डिसेम्बर महिनादेखि यहाँ रहेका अवैधानिक हैसियतमा रहेका आप्रवासी कामदारहरुलाइ अध्यागमन विभागले निर्धारण गरेको सर्त बमोजिम पुन: वैधानिक भएर बस्न पाउने कार्यक्रमको समय अवधि तेस्रोपटक थप गरेको हो।

मलेसियन अध्यागमन विभागको कार्यालयले आज सामाजिक संजाल मार्फत उक्त कुरा उल्लेख गरेको छ । प्रेस बिज्ञप्तिका अनुसार ‘यहीँ डिसेम्बर २२ तारिखदेखि विभिन्न क्षेत्रमा अवैधानिक हैसियतमा काम गर्दै आएका विदेशी श्रमिकहरुले स्वदेश फर्किन र पुन वैधानिक भएर बस्न पाउने कार्यक्रम (रिक्यालिब्रेशन पुलाङ्) को समय अवधि ३० जुन २०२२ सम्मलाई पुन तेस्रोपटक थप गर्ने निर्णय गरिएको छ ।’

मलेसिया सरकारले यो कार्यक्रम २०२० को डिसेम्बरदेखि नै सञ्चालनमा ल्याएको भए पनि कोभिड १९ को कारण यस कार्यक्रम लामो सम्म प्रभावित बन्न पुगेको थियो । कोभिड १९ नियन्त्रण उन्मुख बन्दै गएपछि यो कार्यक्रम प्रभावकारी रूपमा संचालन हुँदै आएको छ ।

विभागको अनुसार २०२१ को डिसेम्बर २१ तारिखसम्ममा १ लाख ९२ हजार २८१ जना अवैधानिक आप्रवासी कामदारहरु स्वदेश फर्किनलाई आवेदन दिईसकेका छ्न् भने, कुल आवेदक मध्य अहिलेसम्म १ लाख ६२ हजार ८२७ जना अवैधानिक आप्रवासी श्रमिक मलेसियाबाट स्वदेश फर्किसकेका छ्न्।

अहिलेसम्म पनि यस कार्यक्रम मार्फत कम्पनीहरु खोजेर बैधानिक हुन चाहनाने र स्वदेश फर्किन चाहाने कामदारहरु मलेसियाको अध्यागमन मुख्यालय पुत्राजय र केयलआईए अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेश फर्किनेहरुको चाप बढेर स्थिति सम्हाल्न गाह्रो परिरहेको अवस्था थियो ।

स्वदेश फर्किनेहरुले समयमा नै फिङ्गरिङ्ग गर्न नपाएर कतिपयको हवाई टिकटको समयावधि सकिएर हवाई उडानसमेत प्रभावित हुँदैआएको थियो। विमानस्थलमा अध्यागमन मुख्यालयमा आप्रवासी कामदारहरुको चापलाई मध्य नजरगर्दै समय अवधी थप गर्नु परेको अध्यागमन विभागले जनाएको छ।

अन्तर्राष्ट्रिय विमानस्थलमा भएको तथ्यांकअनुसार अवैधानिक आप्रवासी कामदारहरु मध्ये सबैभन्दा धेरै इन्डोनेसियन नागरिक ९९ हजार ४७ जना,  २६ हजार ८२१ जना बङ्लादेशी नागरिक, २३ हजार ८४४ भारतीय र बाँकी ४२ हजार ५६९ मा नेपाल, भियतनाम, थाइल्यान्ड, कम्बोडिया, म्यानमार,श्रीलङ्का लगाएतका देशका अवैधानिक श्रमिकहरु स्वदेश फर्किएको जनाएको  छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *