कोरोनाका कारण कृषि तथा पशुपक्षी मेला स्थगित
काठमाडौं। तनहुँको व्यास नगरपालिकाले माघ ३० गतेदेखि आयोजना गर्न लागेको तनहुँ कृषि तथा पशुपक्षी मेला स्थगन भएको छ । नगरपालिकाले तीन दिनसम्म गर्न लागेको मेला कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण स्थगन भएको हो ।
हाल कोभिड–१९ फैलन गई नेपाल सरकारले २५ जनाभन्दा बढीको सङ्ख्यामा भीडभाड नगर्नु भनी सार्वजनिक सूचनासमेत जारी गरेकाले अर्को सूचना नभएसम्मका लागि मेला स्थगन गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए। “मेलामा अत्यधिक भीड हुने अवस्थालाई मध्यनजर गरी अहिले उक्त मेला गर्न उपयुक्त ठानिएन”, उनले भने ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment