युभेन्ट्सको सहज जित
काठमाडौं। सिरी ए क्लब युभेन्ट्सले कोपा इटालीया कपमा सहज जित पाएको छ। मंगलबार राति टुरिन स्थित घरेलु मैदान एलिएन्ज मैदानमा भएको खेलमा युभेन्ट्सले साम्पोडियालाई ४-१ अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेकाे हाे।
घरेलु मैदानमा युभेन्ट्सको जितमा जुआन कुआड्राडो, डानियल रुगानी, पाउलो डिबला र अल्भारो मोरटाले १-१ गोल गरे। भ्रमणकारी टोलीका लागि आन्द्रेआ कोन्टीले सान्त्वना गोल गरे ।
खेलको २५औं मिनेटमा जुआनले सुरुआती अग्रता दिलाए। रुगानीले ५२औं मिनेटमा अग्रता २-० को बनाए। तर कोन्टीले गोल गर्दै दूरी २-१ मा झारे । तर स्टार खेलाडी डिबलाले ६७औं मिनेटमा गोल गर्दै सहज जिततर्फ डाेर्याए। पाएको पेनाल्टीलाई मोरटाले सदुपयोग गर्दै ७७ मिनेटमा चौथो गोल गरे।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment