रियल मड्रिडले हार टार्‍याे, बार्सिलोनाको जित

डिसी नेपाल
१० माघ २०७८ ८:०६
416
Shares

काठमाडौं। इन्जुरी समयमा इडर मिलिटाओले गोल गरेपछि स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले इल्चेसँगको हार टारेको छ। आइतबार राति घरेलु मैदानमा रियल मड्रिडले इल्चेसँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेकाे हाे।

इल्चेबिरुद्ध २-० ले पछि परेको रियल खेलमा फर्कन सफल भएको हो। इल्चेको लागि लुकास बोए र पेरे मिल्लाले १-१ गोल गरे। रियलका लागि लुका मोड्रिक र इडरले १-१ गोल गरे । बराबरीसँगै रियल २२ खेलमा ५० अंक जोडेर शीर्ष स्थानमा यथावत छ। इल्चे २३ अंक जोडेर १५औँ स्थानमा छ।

राति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई १-० अन्तरले पराजित गर्‍याे। भ्रमणकारी टोलीलाई जित दिलाउन फ्राङ्क्रिई डि जोङले खेलको ८७ मिनेटमा निर्णायक गोल गरे । उनले फेरान टोरेसको पास सदूपयोग गरे।

जितपछि बार्सिलोना २१ खेलबाट ३५ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ। अलाभेस भने २२ खेलबाट १७ अंकसहित रेलिगेशन जोनमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *