युक्रेनमा आफ्नो सहरको रक्षाको लागि महिलाहरु यसरी बम बनाउँदैछन्
निप्रो (बीबीसी) । पूर्वी युक्रेनको निप्रो सहरमा सडक किनारामा महिलाहरुको एक समूह भेटियो । यी महिलाहरु घाँसमा बसेर मोलोटोभ ककटेल्स बनाइरहेका थिए । यी घरेलु हतियार हुन् । रुसी सैनिकहरुको बढ्दो कदमको विरुद्ध यी घरेलु हतियार आफ्नो घर र सहरलाई सुरक्षित गर्नको लागि तयार गरिँदैछन् ।
घरेलु महिलाहरु, शिक्षक, वकिल र यस्तै अन्य विभिन्न काम गर्ने मानिसहरु बाँचका बोतलहरुले घेरिएर बसेका थिए । उनीहरुको आसपास बारुद पनि थियो । उनीहरुले बताएअनुसार उनीहरु यसबारेमा धेरै सोच्न चाहँदैनन् कि उनीहरु वास्तवमा के गर्दैछन् । जस्तो कि उनीहरु सबै घरेलु विष्फोटक बनाइरहेका थिए ।
एक महिलाका अनुसार उनीहरु अहिले कुनै पनि अरु विषयबारे सोचिरहेका छैनन् । उनी भन्छिन् ‘हामी हरेक परिस्थितिका लागि तयार रहन चाहन्छन् ।’यद्यपि यो सहर अहिले पनि रुसको आक्रमणको चपेटामा परिसकेको छैन । तर, यस्तो पनि होइन कि किभमा भएको भीषण युद्धबाट उनीहरु अञ्जान छन् ।’
यी महिलाका अनुसार सैन्य अस्पतालको क्षमता ४०० बेडको छ र त्यहाँ एउटा पनि बेड खाली छैन । यस्तोमा युद्धको ताप विस्तारै नै सही तर बढिरहेको छ । यही ठाउँमा अर्को एक समूह यस्तो पनि छ जो औषधि, मलमपट्टि आदिको व्यवस्थापनका जुटेको छ । यहाँ हरेक किसिमको सहयोगलाई स्वीकार गरिएको छ ।
अर्को कुनामा पुरुषहरुको लाइन छ जो युद्धमा सहभागी हुनको लागि हस्ताक्षर गरिरहेका छन् । पूरै सहर आ–आफ्नो स्तरमा आउन सक्ने परिस्थितिसँग जुध्नको लागि तयारी गरिरहेको छ तर उनीहरु मान्छन् कि यस्तो उनीहरु जानेर गर्न चाहँदैनन् बरु उनीहरुसँग यो बाहेक अरु कुनै पनि विकल्प नै छैन ।







डिसी नेपाल







Facebook Comment