युक्रेनको दोस्रो ठूलो सहर खार्किभ पस्यो रुसी सेना

डिसी नेपाल
१५ फागुन २०७८ १४:१२
132
Shares

मस्को। रुसी सेना युक्रेनको दोस्रो ठूलो सहर खार्किभ प्रवेश गरेको छ। सेना खार्किभ छिरेपछि स्थानीयलाई घरभित्रै बस्न भनिएको छ । यसअघि रुसी सैन्य गाडी खार्किभको सडकमा गुडेका भिडियो सार्वजनिक भएका थिए।

खार्किभ क्षेत्रीय प्रशासनका प्रमुख ओलेग सिनेगुबोभले रुसी सैन्य हतियारसहित छिरेको बताए। ‘आफ्नो वासस्थान नछोड्नुहोस् । युक्रेनको सशस्त्र सेनाले शत्रुलाई पराजित गर्दै छन्,’ उनले भनेका छन्।

राजधानी किभ ढाल्ने प्रयास बिफल भएपछि रुसी फौज खार्किभ प्रवेश गरेका हुन्। आइतबार सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा रुसी सेना पूर्वीयुक्रेनमा रहेको खार्किभतर्फ बढिरहेको देखिन्छ । एउटा नाटकीय क्लिपमा रुसी सेना बिस्तारै सडकमा अगाडि बढ्दै गोली हानेको देख्न सकिन्छ।

अनलाइनमा सेयर गरिएको अर्को भिडियो क्लिपमा रुसी फौजको भनिएको एउटा गाडीमा आगो लागेको देख्न देखिन्छ। आफ्नो सहर रक्षा गर्न चाहने युक्रेनले गाडीमा आगो लगाएको स्थानीयले जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *