रुसले युक्रेनलाई वार्तामा बोलायो

डिसी नेपाल
१५ फागुन २०७८ १४:२६
4.1k
Shares

काठमाडौं। युक्रेनमा रुसको आक्रमण चौथो दिन पनि लगातार जारी छ । यसैबीच पछिल्लो जानकारी अनुसार रुसले युक्रेनलाई वार्तामा बोलाएको छ । रुसले युक्रेनलाई वार्ताको लागि बेलारुसमा बोलाएको र वार्ताका लागि रुसी टोली बेलारुस पुगिसकेको रुसी सरकारका प्रवक्ता दिमित्री पेश्कोभलाई उद्धृत गर्दै रुसको तास समाचार एजेन्सीले जनाएको छ ।

यद्यपि युक्रेनले भने रुसको यो प्रस्तावलाई अस्वीकार गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको प्रस्तावको जवाफमा भनेका छन् ‘हामी रुससँग वार्ताको लागि तयार छौं तर बेलारुसमा होइन ।’ उनले रुसलाई वार्ताको लागि स्थान बदल्न भनेका छन् । यही बीच रुसको सेना युक्रेनको दोस्रो ठूलो सहर खारकिभमा पनि प्रवेश गरेको छ । राजधानी किभबाहिर पनि रुसी र युक्रेनी सैनिकबीच भीषण युद्ध जारी छ । युक्रेनले रुसको तर्फबाट लडिरहेका चेचेन स्पेसल फोर्सका शीर्ष जनरललाई मारिदिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *