भारतले युक्रेनमा रहेका आफ्ना हजारौं नागरिकलाई आफैंले संकटमा पार्‍यो

डिसी नेपाल
१६ फागुन २०७८ ११:०३
67.9k
Shares

काठमाडौं। युक्रेनमा रुसको आक्रमणपछि त्यहाँ फसेका केही भारतीय मेडिकल विद्यार्थीहरुले पोल्याण्डसँग जोडिएको युक्रेनी सीमाको चेकपोस्टमा आफूहरुमाथि दुर्व्यवहार गरिएको आरोप लगाएका छन् । अंग्रेजी अखबार टाइम्स अफ इण्डियाले यो समाचार प्रमुखताका साथ छापेको छ । भारतीय विद्यार्थीहरुले आफूहरुलाई त्यहाँ लगभग बनधकजस्तो स्थितिमा राखिएको र अत्यन्तै चिसो मौसममा खाना र पानी समेत नपाएको गुनासो गरेका छन् ।

यी विद्यार्थीहरुले लगाएको आरोप अनुसार उनीहरुसँग यस्तो व्यवहार गसकारण गरिँदैछ किनकि भारतले युक्रेनमाथि रुसी आक्रमणविरुद्ध संयुक्त राष्ट्रसंघमा पेश गरिएको प्रस्तावमा रुसको विरुद्ध मतदान गरेन । यी विद्यार्थीहरुले यस्ता भिडियो पनि शेयर गरेका छन् जसमा सैनिकहरुले हवाइ फायर गरिरहेको र विद्यार्थीहरुको समूहलाई तितरबितर पार्नको लागि बल प्रयोग गरेको देखिएको छ ।

अर्को एक भिडियो क्लिपमा एक युक्रेनी गार्ड एक भारतीय युवतीलाई पर धकेलिरहेका देखिएका छन् । यी युवतीले सैनिकको खुट्टा समातेर उनीसँग आफूलाई सीमा पार गर्न दिन गुहार लगाइरहेकी छिन् । केही विद्यार्थीहरुका अनुसार अब युक्रेनी जनता पनि उनीहरुका विरोधी भएका छन् । युक्रेनमा युद्ध सुरु भएपछि त्यहाँबाट सयौं भारतीय विद्यार्थीलाई त्यहाँबाट निकालेर भारत ल्याइएको छ । तर, अझै पनि त्यहाँका अलग अलग विश्वविद्यालयमा पढ्न गएका हजारौं भारतीय विद्यार्थी पोल्याण्डसँग जोडिएको सीमामा फसेका छन् ।

युद्धबाट बच्नको लागि ठूलो संख्यामा उनीहरु ट्रेन, बस लगायतमा त्यहाँ पुगेका हुन् । केही विद्यार्थीहरु त कैयौं माइल पैदल यात्रा गरेर अर्को देशमा प्रवेश पाइने आशामा सीमामा पुगेका छन् । इण्डो–पोलिश च्याम्बर अफ कमर्सका उपाध्यक्ष अमित लाथका अनुसार आइतबार दिउँसोसम्म २५० भन्दा कम भारतीय विद्यार्थी सीमा पार गरेर पोल्याण्ड पुग्न सकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *