के पुटिनले न्यूक्लियर बटन पनि दबाउन सक्छन् ?
स्टिभ रोजनबर्ग, मस्को (बीबीसी) । कैयौं पटक मैले सोच्थें पुटिन यस्तो कहिल्यै पनि गर्ने छैनन् तर पछि उनले ठिक त्यही काम गरे । उनी कहिल्यै क्रिमियालाई रुसमा मिलाउने छैनन्, तर उनले मिलाए । उनी डोनाबारमा कहिल्यै युद्ध सुरु गर्ने छैनन्, तर उनले गरे । उनले कहिल्यै युक्रेनमा पूर्ण रुपमा आक्रमण गर्ने छैनन्, तर यो पनि गरिदिए ।
यस्तो लाग्छ ‘कहिल्यै यस्तो गर्ने छैनन्’ भन्ने कुरा पुटिनमाथि लागू हुँदैन । यो स्थितिमा एक असहज बनाउने प्रश्न उठिरहेको छ – के उनी कहिल्यै परमाणु बटन दबाउने छैनन्… के यस्तो गर्नेछन् ? यो केवल कुनै सैद्धान्तिक प्रश्न होइन । पुटिनले देशको न्यूक्लियर फोर्सलाई ‘विशेष अलर्ट’मा राखेका छन् । रुसले भनेको छ नेटो नेताहरुले युक्रेनका विषयमा आक्रामक बयान दिइरहेका छन् ।
पुटिनले जब युक्रेनमा विशेष सैन्य अभियान घोषणा गरेका थिए त्यतिबेला चेतावनी दिँदै भनेका थिए ‘कुनै बाहिरीले हस्तक्षेप गर्ने कुरा सोचिरहेको छ भने उसले यस्तो मूल्य चुकाउनु पर्नेछ जुन अतीतमा पहिले कहिल्यै पनि चुकाउनु परेको थिएन ।’
नोभाया ग्याजेट समाचार पत्रका प्रधान सम्पादक तथा नोबेल शान्ति पुरस्कार प्राप्त गरेका दिमित्री मरातोभ भन्छन् ‘पुटिनका शब्द सिधै परमाणु युद्धको धम्की जस्तै हो । रुसले जे चाहन्छ र त्यो हुँदैन भने रुसको यो धम्कीले सबथोक विनाश गर्नेछ ।’
यदि पुटिनले न्यूक्लियर बटन दबाउने फैसला गर्छन भने के कोही उनलाई रोक्न सक्ने क्षमता राख्छ ? मरातोभ भन्छन् ‘रुसी शासनमा सहभागी व्यक्तिहरु पुटिनविरुद्ध जाने छैनन् र उनीहरु शासकको साथमै रहनेछन् । रुसी शासनमा पुटिन नै सबथोक हुन् ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment