श्रीलंकासँगको तेस्रो टि–२० मा भारतीय खेलाडीको गुप्तांगमा बलले लाग्यो (भिडियो)
काठमाडौं। भारत र श्रीलंकाबीच धर्मशालामा भएको तेस्रो टि–२० मा फिल्डिङ गरिरहेका भारतीय खेलाडी भेंकटेश अय्यरलाई गुप्तांगमा बलले लागेको छ । पीडाका बीच पनि अय्यरले श्रीलंकाका विकेटकिपर ब्याटर दिनेश चाण्डिमलको क्याच भने समातेका छन् । बल समातिसकेपछि उनी २ पटक मैदानमा पल्टिए र थचक्क बसे ।
— Addicric (@addicric) February 27, 2022
यो सबै घटना क्यामेरामा रेकर्ड भयो जुन भिडियो अहिले भाइरल भइरहेको छ । श्रीलंकाको इनिङको १३ औं ओभरमा हर्षल पटेलले बलिङ गरिरहेका थिए । चाण्डीमलले खेलेको सट प्वाइन्टमा फिल्डिङ गरिरहेका भेंकटेशकहाँ गयो । बल उनको हातमा लागेर सिधै गुप्तांगमा लाग्न गयो । केही बेर उनी पीडाले आत्तिए त्यसपछि खेल्नको लागि तयार भए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment