युक्रेनसँग जोडिएको सीमामा बेलारुसले सैन्य उपस्थिति दोब्बर पार्ने

डिसी नेपाल
१८ फागुन २०७८ ८:२३
228
Shares

काठमाडौं । बेलारुसका राष्ट्रपतिले युक्रेनसँग जोडिएको आफ्नो दक्षिणी सीमामा सैन्य उपस्थिति दोब्बर पार्ने बताएका छन्।

सीमामा रहेका पाँचवटा रणनीतिक बटालियन आगामी दुई दिनमा दशसम्म पुग्ने राष्ट्रपति एलेक्सेन्डर लुकासेन्कोले घोषणा गरे।

“यी उच्च प्रशिक्षित जुनसुकै स्थानमा सहजै परिचालित हुनसक्ने समूह हुन् जो बेलारुसलाई उत्तेजित पार्ने र कुनै पनि किसिमको सैन्य कारबाही रोक्न तयार छन्,” उनले आफ्नो देशको सुरक्षा परिषद्लाई भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *