युक्रेनमा रुसको आक्रमणबारे संयुक्त राष्ट्रसंघमा उत्तर कोरियाले के भन्यो ?
काठमाडौं। संयुक्त राष्ट्रसंघमा उत्तर कोरियाका राजदूतले युक्रेनमा रुसको आक्रमणको लागि अमेरिकालाई जिम्मेवार भनेका छन् । यसका साथै उनले वाशिङटनको ‘आसिधपत्यको नीति’ले अरु देशको सुरक्षालाई पनि खतरामा पारिरहेको आरोप लगाएका छन् ।
दक्षिण कोरियाको समाचार एजेन्सी योनहापले बताए अनुसार संयुक्त राष्ट्रसंघको महासभामा भएको आपतकालीन सत्रमा राष्ट्रसंघका लागि उत्तर कोरियाली राजदूत किम संगले यस्तो बताएका हुन् ।
मंगलबार यो सत्रका क्रममा संगले भने ‘अमेरिका र पश्चिमले रुसको सुरक्षाको ग्यारेन्टीको मागको अवहेलना गरे । नेटोलाई पूर्वमा विस्तार गर्नको लागि हतियार प्रयााली तैनाथ गर्ने कोसिस अन्तर्गत युरोपको सुरक्षा वातावरणलाई व्यवस्थित रुपले कमजोर पारियो ।’
यसअघि २८ फेब्रुअरीमा उत्तर कोरियाको विदेश मन्त्रालयले एक बयान जारी गर्दै अमेरिकाको आधिपत्यको नीतिलाई रुस–युक्रेन विवादको लागि जिम्मेवार भनेको थियो । संयुक्त राष्ट्रसंघमा दक्षिण कोरियाका राजदूत चो ह्युनले भने युक्रेनको संघर्ष रुसले ‘आफैंले रोजेको युद्ध’ भएको बताए ।







डिसी नेपाल







Facebook Comment