युक्रेनी शरणार्थीलाई एक लाख हवाई टिकट निःशुल्क दिने घोषणा

डिसी नेपाल
१८ फागुन २०७८ १६:०९
2.0k
Shares

काठमाडौं । सस्तो भाडादर भएको युरोपेली हवाईसेवा प्रदायक विज एअरले सानो दूरीको यात्राका लागि युक्रेनी शरणार्थीहरूलाई एक लाख सीट निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ।

हङ्गेरीमा अवस्थित उक्त कम्पनीले युक्रेनी शरणार्थीहरूलाई उनीहरूको गन्तव्यसम्म पुर्‍याउन सहयोग गर्ने कुरामा “प्रतिबद्ध” रहेको सामाजिक सञ्जालमार्फत्‌ जनाएको छ।

मार्च महिनाभरि पोल्यान्ड, स्लोभाकिआ,हङ्गेरी र रोमेनीआबाट हुने उडानका लागि निःशुल्क सीट उपलब्ध गराइने विज एअरले जनाएको छ।

शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय निकायका अनुसार रुसी अतिक्रमणयता ६,६०,००० भन्दा बढी मानिसले युक्रेन छोडिसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *