रुसी आक्रमणमा २ हजार गैरसैनिकको मृत्यु: युक्रेन

डिसी नेपाल
१९ फागुन २०७८ १०:३६
784
Shares

काठमाडौं । युक्रेनी अधिकारीहरूले दिएको पछिल्लो जानकारीमा एक साता अगाडि सुरु भएको रुसी अतिक्रमणका कारण हालसम्म २,००० गैरसैनिकको ज्यान गइसकेको छ।

त्यहाँको आपत्कालीन सेवासम्बन्धी निकायका अनुसार १० जना उद्धारकर्मीहरू पनि मारिएका छन्।

रुसी आक्रमणले निम्त्याएको ४०० वटा आगजनीका घटना नियन्त्रण गरिएको अनि ४१६ बम निष्क्रिय पारिएको पनि उसले बताएको छ।

“सात दिनको युद्धमा रुसले सयौँ यातायात सञ्जाल, आवासीय भवनहरू, अस्पतालहरू तथा बालबालिका पढ्ने स्थलहरू ध्वस्त पारिसकेको छ,” उसले उल्लेख गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *