युक्रेनको राजधानी किभवासीलाई सुरक्षित निकास दिने रुसी फौजको प्रस्ताव
काठमाडौं । रुसी फौजले किभवासीलाई भासिल्किभ सहरतर्फको दिशामा सुरक्षित रूपमा जान दिने मस्कोस्थित अधिकारीहरूले बताएका छन्।
रुसी रक्षा मन्त्रालयका एक प्रवक्ता मेजर जेनरल इगोर कोनाशेन्कोभले अतिक्रमणबारे टेलिभिजनमार्फत् पछिल्लो विवरण दिँदै सुरक्षित निकासबारे प्रस्ताव गरेका हुन्।
“गैरसैनिकहरूलाई निस्किन दिनका लागि रुसी फौजको तर्फबाट कुनै बाधाअवरोध हुनेछैन,” कोनाशेन्कोभलेभने।
तर एक साताअघि रुसले अतिक्रमण थालेयता भासिल्किभ भीषण गोलाबारीबाट प्रभावित भएको छ।
संयुक्त राष्ट्रसङ्घका अनुसार झन्डै १० लाख मानिसले युक्रेन छोडिसकेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment