रुसी अर्बपतिको ६० करोड डलर पर्ने विलासी नौका जर्मनीको नियन्त्रणमा
काठमाडौं। जर्मन अधिकारीहरूले रुसी अर्बपति अलिशेअर उस्मानोभको ६० करोड अमेरिकी डलर मूल्य भएको विलासी नौका नियन्त्रणमा लिएको विवरणमा जनाइएको छ।
फोर्ब्स म्यागजीनका अनुसार ह्याम्बर्गबाट १५६ मिटर लामो उक्त नौका नियन्त्रणमा लिइएको हो।
धातु व्यापारी उस्मानोभ रुसका चर्चित २५ व्यक्तिमध्ये एक हुन् जो रुसी सरकारसँगको सम्बन्धलाई लिएर युरोपेली सङ्घको प्रतिबन्धमा परेका छन्।
रुसी स्वामित्वका अरू नौकाहरू माल्दिभ्सका रोकिएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment