तेस्रो विश्वयुद्ध भए त्यो “परमाणुयुद्ध” हुने रुसको चेतावनी

डिसी नेपाल
१९ फागुन २०७८ १८:१८
2.3k
Shares

एजेन्सी ।  तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने रुसले चेतावनी दिएको छ ।

रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभ मस्कोमा प्रेस सम्मेलनमा यस्तो बताएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रतिबन्धहरूको विकल्प तेस्रो विश्वयुद्ध हुने भनेको बताउँदै लाभ्रोभले तेस्रो विश्वयुद्ध भए त्यो “परमाणुयुद्ध” हुने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

तर, विश्वयुद्धको सोच आफूहरुमा नरहेको उनले बताए ।

लाभ्रोभका अनुसार तर त्यो कुरा ‘केवल पश्चिमा नेताको मस्तिष्कमा छ, रुसी जनताको मस्तिष्कमा छैन ।’

‘यदि हामीविरुद्ध वास्तविक युद्ध सुरु भयो भने त्यस्तो योजना बनाउनेहरूले त्यसबारे सोच्नुपर्छ। मेरो विचारमा त्यस्तो योजना बनिसकेको छ ।’ उनले भने ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *