‘अमेरिका र नेटो देशहरुले युक्रेनमा आतंकवादीहरु पठाइरहेका छन्’

डिसी नेपाल
२१ फागुन २०७८ १५:०३
34.4k
Shares

काठमाडौं । रुसले युक्रेनमाथि गरेको आक्रमणका बीचमा अमेरिका सहित नेटो देशहरुले युक्रेनमा आतंकवादी लडाकूहरु पठाइरहेको आरोप लागेको छ । रुसको फरेन इन्टेलिजेन्स सर्भिसले शुक्रबार यस्तो चेतावनी दिएको हो । इन्टेलिजेन्स सर्भिसका अनुसार यी आतंकवादीहरु डोनाबासमा तैनाथ गर्नको लागि पठाइएका हुन् । यी आतंकवादीहरुलाई सिरियामा अमेरिका नियन्त्रित अल तान्फ मिलिट्री बेसमा प्रशिक्षण दिइएको दावी गरिएको छ ।

रुसी इन्टेलिजेन्स एजेन्सीका अनुसार यी आतंकवादीहरुलाई युक्रेनमा पठाएसँगै अमेरिकाले मध्यपूर्व र अफ्रिकामा नयाँ आतंकवादी युनिट तयार गर्ने कामलाई पनि निरन्तरता दिएको छ र यी आतंकवादीहरु प्रशिक्षित भएर तयार भइसकेपछि उनीहरुलाई पोल्याण्डको बाटो भएको युक्रेन पठाइनेछ । समाचार एजेन्सी एएनआइका अनुसार बिहीबार मात्रै रुसी रक्षा मन्त्रालयले अमेरिकी मिलिट्री इन्टेलिजेन्सले युक्रेन पठाउनका लागि विदेशी लडाकू भर्ती गर्ने काम अगाडि बढाएको बताएको थियो ।

रुसी रक्षा मन्त्रालयका अनुसार करिब २०० क्रोएसियन लडाकूहरु गत हप्ता पोल्याण्डको बाटो हुँदै युक्रेन पुगेका छन् । रुसको रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेंकोभले भने ‘अमेरिकी मिलिट्री इन्टेलिजेन्सले प्राइभेट मिलिट्री कम्पनीका लडाकू भर्ती गरेर युक्रेन पठाउनको लागि ठूलो परिमाणको प्रोपोगाण्डा अभियान सुरु गरेको छ । सबैभन्दा पहिले अमेरिकी कम्पनी एकाडेमी क्युबिक र डीन कर्पोरेसनका लडाकूहरुलाई भर्ती गरिएको छ । गत हप्ता मात्रै करिब २०० लडाकूहरु क्रोएसियाबाट पोल्याण्ड हुँदै आएका छन् ।’

उनले यसरी विदेशबाट भाडाका लडाकूको रुपमा आएका लडाकूहरुलाई युद्धको क्रममा नियन्त्रणमा लिइए उनीहरुलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको आधारमा युद्ध बन्दी मान्न नमिल्ने र आपराधिक अभियोगमा कानुनी कारवाही गरिने बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *