युक्रेनकी प्रथम महिलाले विश्वभरीका मिडियालाई लेखेको खुला पत्रमा के-के लेखेकी छिन् ?
काठमाडौं । युक्रेनकी प्रथम महिलाले “युक्रेनी नागरिकको नरसंहार”को निन्दा गर्दै खुलापत्र लेखेकी छन्। ओलिना जेलेन्स्काले लेखेकी छन्,“रुसले अतिक्रमण गर्ला भन्ने कुरा पत्याउन असम्भव थियो। रुसी आक्रमणले लाखौँ मानिसका लागि त्रासदीपूर्ण वास्तविकता सिर्जना गरेको छ,खासगरी बालबालिकाका लागि।”
तर प्रतिवाद गर्ने युक्रेनी नागरिकको कदमको उनले प्रशंसा पनि गरेकी छन्। “उत्तेजना फैलाउनले पुटिनले युक्रेनमाथि बमबारी गर्ने ठानेका थिए। तर उनले हाम्रो देश, हाम्रा मानिस र हाम्रो देशभक्तिलाई कम आँके।”
अन्तर्राष्ट्रिय सहयोग र राहत प्रयासका लागि कृतज्ञता जाहेर गर्दै उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा बाँकी विश्वलाई “जे भइरहेको छ त्यो देखाउन र सत्य देखाउन” अपील गरेकी छन्। “परमाणु युद्ध शुरू गर्ने धम्की दिने गरेका पुटिनलाई यदि हामी रोक्दैनौँ भने हाम्रो लागि विश्वमा कतै सुरक्षित ठाउँ हुने छैन।”
View this post on Instagram
No ads found for this position

डिसी नेपाल
Facebook Comment