इजाजत प्राप्त हातहतियार १५ दिनभित्र बुझाउन मुगु प्रशासनको अल्टिमेटम
मुगु । इजाजत प्राप्त हात हतियार १५ दिनभित्र बुझाउन जिल्ला प्रशासन कार्यालय मुगुले अल्टिमेटम दिएको छ ।
यही आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा शान्त, भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यका साथ मुगु जिल्लाका नागरिकलाई इजाजत प्राप्त सबै हात हतियार बुझाउन प्रशासनले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।
मंगलबार प्रशासनले एक सूचना जारी गर्दै १५ दिन भित्र आआफ्नो नजिकको प्रहरी कार्यालय वा प्रशासनमा हातहतियार बुझाउन सार्वजनिक रूपमा सूचना जारी गरेको प्रजिअ महतको भनाई छ । यदि बुझाएमा हातहतियार प्रहरी कार्यालयमा सुरक्षित ढंगले राखिने र निर्वाचन कार्य सम्पन्न भए पश्चात् सम्बन्धित व्यक्ति लाई नै बुझाउने उनको भनाई छ ।
निर्धारित समयभित्र नबुझाएमा अटेर गरी बसेको पाइएमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानुन बमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिइएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment