कार्यालय सहयोगीको भरमा भन्सार कार्यालय, दुई वर्षदेखि राजश्व संकलन शून्य

डिसी नेपाल
१९ चैत २०७८ १५:३६
84
Shares

मुगु।हिमाली जिल्ला मुगुको एक सरकारी कार्यालय दुई वर्षदेखि सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । जिल्लाको एक मात्रै अन्तरदेशीय नाका नाक्चेलाग्ना भन्सार कार्यालय करिब दुई वर्षदेखि कार्यालय सहयोगीको भरमा सन्चालन हुँदै आएको हो ।

जिल्लाको पूर्वी नाका नाक्चेलाग्ना भन्सार कार्यालयमा कर्मचारीहरू नहुँदा दुई वर्षयता दुई जना कार्यालय सहयोगीको जिम्मामा छ।उक्त कार्यालयमा दरबन्दीअनुसार नायब सुब्बा र खरिदार हुनुपर्ने हो । तर दरबन्दी अनुसार कर्मचारी नहुँदा कार्यालय सहयोगीले चलाइरहेको कोष तथा लेखा नियन्त्रण कार्यालय मुगुले जनाएको छ ।

कार्यालयका अनुसार भन्सार कार्यालयहरूलाई सरकारको लक्ष्य पूरा गर्नुपर्ने दायित्व पनि हुन्छ । तर यहाँको कार्यालयको भने गत वर्ष र यस वर्ष राजश्व संकलन शून्य रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय मुगुका कार्यालय प्रमुख लक्ष्मीचन्द्र हमालले बताए ।भन्सार कार्यालयमा वर्षको एकपटक सीमानाकामा हाट बजार लाग्ने गथ्र्यो अहिले हाट बजार पनि लाग्न छोडेको छ ।

दुई ठाउँमा कार्यालय स्थापना
जिल्लामा दुई वटा भन्सार कार्यालयको छन् । सीमा नाका मुगुगाउँमा रहेको एक व्यक्तिगत घरमा र अर्को सदरमुकाम गमगढी बजारमा घर भाडा लिई कार्यालय चलाइएको छ ।

यहाका कतिपय स्थानीयलाई भन्सार कार्यालय कहाँ छ रु कस्तो छ रु के गर्छ रु भनेर अत्तो पत्तो समेत छैन । उनीहरूले कार्यालय बारे थाहानै भनएको र नाम मात्र सुनेको बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *