बुचा र इरपिनमा भएका नरसंहारबारे क्यानडाले रुसी राजदूतलाई बोलाउने

डिसी नेपाल
२४ चैत २०७८ १०:५०
1.3k
Shares

मस्को। युक्रेनी सहर बुचा र इरपिनमा भएका नरसंहारलाई लिएर क्यानडाले रुसी राजदूतलाई बोलाउने भएको छ।

क्यानडाले बुचा र इरपिनको किभ उपनगरहरूमा सर्वसाधारणको हत्याका विवरणहरूमा राजदूतलाई बोलाउने तयारी गरेको क्यानडाका विदेशमन्त्री मेलानी जोलीले जानाकरी दिइन्। सो हत्यालाई लिएर अन्तर्राष्ट्रिय स्तरमा आक्रोश बढेको छ।

‘हामीले बुचामा जे देख्यौँ त्यसमा अमानवीयताको स्तर छ’, ब्राजिलको राजधानी ब्रसेल्समा नेटो मुख्यालयमा सञ्चारकर्मीहरूसँग उनले भनिन्। रुसमाथि प्रतिबन्ध लगाउने विषयमा छलफल गर्न सदस्य देशका मन्त्रीहरूबीच बैठक हुँदैछ।

क्यानडाका लागि रुसका राजदूत ओलेग वी स्टेपानोभलाई बुचा र इरपिनमा भएका नरसंहारका घटनाको चित्रहरूसहित उपस्थितिका सुनिश्चित गर्न आफूले उपमन्त्रीलाई निर्देशन दिएको मन्त्री जोलीले बताइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *