अमेरिकाले बतायो युक्रेनलाई लडाकु विमान नपठाउनुको कारण

डिसी नेपाल
२४ चैत २०७८ ११:१४
888
Shares

काठमाडौं । रुसको आक्रमणका बाबजुद अमेरिकाले युक्रेनमा लडाकु विमान नपठाउनुको कारण बताएको छ । अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन किर्बीले आफ्नो देशले युक्रेनमा लडाकु विमान पठाएमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसलाई युद्ध चर्काउने सङ्केत मानेको हुनसक्ने बताएका छन् ।

जोन किर्बीले बीबीसीलाई भने: “यदि अमेरिकाले युक्रेनमा लडाकु विमानहरू पठाउँछ भने, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो युद्धलाई बढाउने प्रयस हो भनेर गलत बुझेका हुन सक्छन्।”

“हामी सबैलाई थाहा छ यो युद्ध पहिले नै खराब अवस्थामा छ। यस्तो अवस्थामा यसलाई बढाएर दुई आणविक हतियार सम्पन्न देशहरू (अमेरिका र रुस) बीचको द्वन्द्व बढ्न सक्छ। यो रुस र अमेरिका दुवैका लागि राम्रो थिएन न युक्रेनका लागि। ।”

“स्पष्ट रूपमा अब हिंसा कम भएको छ र रूसी सेनाले युक्रेनको पूर्वी भागहरूमा आफ्नो जोर बढाउँदैछ। हामी सबैलाई थाहा छ, युक्रेन र रुस विगत आठ वर्षदेखि यस क्षेत्रमा लडिरहेका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग वार्ता गरेर कूटनीतिक माध्यमबाट समस्या समाधान गरेपछि युद्ध रोकिनेछ ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *