बेंगलुरू र आसपासका ६ स्कुलमा शक्तिशाली बम विष्फोट गराइदिने धम्की

डिसी नेपाल
२६ चैत २०७८ १०:२४
128
Shares

काठमाडौं । कर्नाटकको राजधानी बेंगलुरु र वरपरका कम्तीमा छवटा विद्यालयलाई धम्कीपूर्ण इमेल आएको छ। उक्त इमेलमा यी विद्यालयको परिसरमा ‘शक्तिशाली बम’ राखिएको लेखिएको छ र यसबारे तत्काल प्रहरीलाई जानकारी गराउन पनि लेखिएको छ ।

यी सबै विद्यालयमा पठाइएका इमेलहरू उस्तै छन्, जसमा लेखिएको छ, ‘तपाईंको विद्यालयमा निकै शक्तिशाली बम राखिएको छ । होसियार, यो मजाक होइन, यो एक मजाक होइन। तपाईको विद्यालयमा निकै शक्तिशाली बम राखिएको छ, तुरुन्तै प्रहरीलाई खबर गर्नुहोस्, सयौंको ज्यान जोखिममा पर्न सक्छ, तपाईको ज्यान पनि खतरामा छ । ढिलो नगर्नुहोस्, सबै कुरा अब तपाईंको हातमा छ!’

बेंगलुरुका प्रहरी आयुक्त कमल पन्तले विद्यालयमा बम स्क्वाड र प्रहरी पठाइएको बताएका छन् । विद्यालयको व्यवस्थापन समितिका एक सदस्यले नाम न छाप्ने सर्तमा बीबीसी हिन्दीलाई भने, “केही विद्यालयमा परीक्षाहरू भइरहेका थिए भने केही विद्यालयहरूमा समर क्याम्पहरू भइरहेका थिए।”

दिल्ली पब्लिक स्कूलका निर्देशक मन्सूर खानले बीबीसी हिन्दीलाई भने, “बालबालिकाको सुरक्षा सबैभन्दा ठूलो प्राथमिकता हो र यो नक्कली कल भए पनि, प्रहरीले पूर्ण छानबिन होस् भन्ने सुनिश्चित गर्नुपर्छ।”

यसबाहेक धम्की पाएका विद्यालयहरु गोपालन इन्टरनेशनल स्कुल, महादेवपुरा, न्यू एकेडेमी स्कुल, मरथल्ली, इन्डियन पब्लिक स्कुल, गोविन्दपुरा र सेन्ट भिन्सेन्ट पलोती स्कुल, हेन्नुर रहेका छन् । बेंगलुरु ग्रामीण प्रहरी अन्तर्गत पर्ने एबेनेजर इन्टरनेशनल पब्लिक स्कूल पनि यो सूचीमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *