इमरान खानले भने – पाकिस्तानमा ‘विदेशी सरकार’ सहन सक्दिन
काठमाडौं । संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको निर्णयपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानमा ‘विदेशी सरकार’ स्थापना गरिए आफूले सहन नसक्ने र त्यस्तो केही भएमा त्यसको समर्थनका लागि जनतासमक्ष जाने बताएका छन्।
राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री इमरान खानले शुक्रबार भने, “हामी टिस्यु पेपरको रूपमा प्रयोग गर्न सकिने देश होइनौं।” उनले भने, ‘म सर्वोच्च अदालतको निर्णयबाट निराश छु तर म पाकिस्तानको अदालत र सर्वोच्च अदालतको सम्मान गर्छु।’
विपक्षीमाथि हमला गर्दै इमरान खानले भने, ‘उनीहरू (विपक्षीहरू) आफूविरुद्धका भ्रष्टाचारका मुद्दा हटाउन चाहन्छन्। उनले प्रतिपक्षलाई यत्तिको आत्मविश्वास छ भने चुनाव गराउन किन डराउने ? भनेर प्रशन गरे । यससँगै उनले देशवासीलाई सडकमा निस्किएर प्रदर्शन गर्न अपिल गरेका छन् ।
उनले भने, “तपाइहरू सबैले इशाको नमाजपछि (आइतबार) बाहिर निस्केर जीवित समुदायले जस्तै शान्तिपूर्वक प्रदर्शन गर्नुपर्छ । आन्दोलन तोडफोड गर्ने होइन, बरू आफ्नो भविष्य जोगाउन बाहिर निस्किएको हो भनी बताउने हो ।”
‘बाहिरबाट षड्यन्त्र गरेर, विवेक किनेर भइरहेको नाटकको विरोध गर्नुपर्छ । यो तपाइँहरूको कर्तव्य हो। यसले पाकिस्तान जीवित राष्ट्र हो भनेर देखाउँछ। इतिहासले कसैलाई कहिल्यै माफ गर्दैन। इतिहासले कसले कस्तो भूमिका खेलिरहेको छ भन्ने कुरा स्पष्ट गर्छ। सर्वोच्च अदालतको कुन फैसला राम्रो र कुन देशको हितमा छैन भन्ने इतिहासले बताउँछ ।
इमरान खानले भनेका छन्, ‘सबै मानिसहरु घरबाट बाहिर निस्किनुहोस् र विदेशी अनुदानमा चल्ने नाटकको बिरोध गर्नुहोस् म तपाईहरुको साथमा हुनेछु । म पाकिस्तानविरुद्ध विदेशी षड्यन्त्र स्वीकार गर्दिन।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो सरकार विदेशी षड्यन्त्रमा ढलाइएको र यसमा विपक्षीहरू संलग्न रहेको आरोप लगाएका छन् ।







डिसी नेपाल







Facebook Comment