अष्ट्रेलियामा मे २१ मा आम निर्वाचनको घोषणा

डिसी नेपाल
२७ चैत २०७८ १०:०६
40
Shares

काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले मे २१ मा आम निर्वाचन हुने घोषणा गरेका छन् । स्कट मोरिसन सन् २०१८ देखि अष्ट्रेलियाका प्रधानमन्त्री छन् ।

मोरिसनको नेतृत्वमा रहेको गठबन्धनसँग संसदमा ७६ सिटहरू छन् र अष्ट्रेलियामा सरकार बनाउन कम्तीमा त्यो संख्या हुनु आवश्यक छ।

अष्ट्रेलियामा सरकार परिवर्तन र विपक्षी लेबर पार्टी सत्तामा आउन सक्ने चुनावी सर्वेक्षणले देखाएको छ । तर, गत चुनावमा स्कट मोरिसनले सबै चुनावी मतपरिणाममा हारको डरका बाबजुद पनि चुनाव जितेका थिए।

स्कट मोरिसनले गभर्नर जनरलसँग कुरा गरेपछि चुनावको घोषणा गरेका हुन्। हालैका दिनहरूमा प्रधानमन्त्री स्कट मोरिसनमाथि विभिन्न आरोप लागेपछि उनको लोकप्रियता घटेको छ।

पछिल्लो नौ संसदीय निर्वाचनमध्ये सातवटामा जित हासिल गरे पनि स्कट मोरिसनको पार्टीलाई आगामी चुनाव जित्न गाह्रो हुने राजनीतिक विश्लेषकहरूको विश्वास छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *