सरकारी गाडी बेवारिसे, भाडाको गाडीमा हुइँकिन्छन् सोरुका अध्यक्ष

डिसी नेपाल
२७ चैत २०७८ १९:००
4
Shares

मुगु । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाको सरकारी गाडी गमगढीको न्युरोड बजारमा थन्किएको छ । सोरु गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले सवार गर्ने सरकारी गाडी न्युरोडको बजारमा थन्किएको हो ।

गाउँपालिकाले ३७ लाख रकममा खरिद गरेको भे१झ २७९ नम्बरको गाडी एक वर्षदेखि बीच रोडमै थन्किएको छ । तीन वर्षअघि गाउँपालिका अध्यक्ष शाहीलाई सवार गर्न खरिद गरेको गाडी बिग्रिएपछि मर्मतको लागि ल्याइएको थियो । मर्मत कार्य अगाडी नबढ्दा अहिले गमगढीको न्युरोडस्थित ढलमा गाडी थन्किएको बताइएको छ ।

लाखौं मूल्य हालेर खरिद गरेको गाउँपालिकाको गाडी थन्काएर अध्यक्ष लगायत गाउँपालिका कर्मचारी निजी जिप भाडामा लिएर गाउँपालिका केन्द्र पुग्ने गरेका छन् । उक्त गाडी मर्मत गर्न करिब २ लाख रुपैयाँ लाग्ने गाउँपालिकाले जनाएको छ ।

बजेट अभावमा गाडी बेवारिस बनेको गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले शाहीले जानकारी दिए । अन्य विषयमा लाखौं रकम खर्चिने तर गाडी मर्मत दुई लाख पनि नछुट्याउनु गाउँपालिकाको लापरबाही भएको स्थानीयले बताएका छन् ।

आफ्नो गाडी कवाडी बनाएर जनप्रतिनिधि र कर्मचारी भने वर्षमा १०\१२ लाख रुपैयाँ खर्च गरी भाडाका गाडी चढ्ने गरेका छन् । यसरी जनप्रतिनिधिले सरकारी बजेटको चरम दुरुपयोग गरेको आरोप लाग्ने गरेको छ ।

पालिकाको केन्द्र सोरुकोटसम्म सडक पुगेपछि जनप्रतिनिधि र कर्मचारीको सुविधाका लागि गाडी खरिद गरेको गाउँपालिका अध्यक्ष शाहीले बताए । ‘गाडी मर्मतका लागि बजेट व्यवस्थापन गर्ने कार्य अगाडी बढेको छ,’ अध्यक्ष शाहीले भने, ‘अब छिट्टै मर्मत गरी हाम्रो कार्यकाल सकिनुअघि नै गाडी गाउँपालिकामा बुझाउने छौं ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *