मादप पदार्थ सेवन गरी बालिका बलात्कार गर्ने युवक पक्राउ
पर्वत। बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जलजला गाउँपालिका–३ बारीबेनी बस्ने म्याग्दी बेनी नगरपालिका–४ सुर्केमेलाका २१ वर्षीय सन्देश छिनाल रहेका छन्। उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।
सन्देशले मादक पदार्थ सेवन गरी ती बालिकालाई शौचालयमा बलात्कार गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्वत र प्रहरी चौकी बारिबेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment