माओवादी केन्द्र बर्दिबासका बागी उम्मेदवार रुद्र सुस्लिङ्गद्वारा उम्मेदवारी फिर्ता

डिसी नेपाल
१६ वैशाख २०७९ १७:४६

वैशाख । माओवादी केन्द्र महोत्तरीका बागी उम्मेदवारले उम्मेदवारी फिर्ता गरेका छन् ।

टिकट नपाएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका जिल्लाका विभिन्न पालिकाका उम्मेदवारले बागी उम्मेदवारी फिर्ता लिएका हुन् ।

बर्दिबास नगरपालिकाका शक्तिशाली बागी उम्मेदवार रुद्र सुस्लिङ्ग मगरले पनि उम्मेदवारी फिर्ता गरेका छन् । पाटीको अनुरोधलाई स्वीकार गर्दै मनोनयन दर्ता फिर्ता गरेको मगरले बताए ।

मगरले बागी उम्मेदवार फिर्ता गरेसँगै विपक्षी दल नयाँ रणनीतिमा लागेका छन् । कांग्रेसबाट बागी उम्मेदवार दिएका प्रह्लाद क्षेत्रीले भने उम्मेदवारी फिर्ता गरेका छैनन् । क्षेत्रीलाई समर्थन गर्दै विभिन्न वडाबाट मनोनयन दर्ता गरेका कांग्रेका उम्मेदवारले भने मनोनयन फिर्ता गरेका छन् ।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता भएका सबैको नामावली आज बेलुकी ६ बजे प्रकाशन गर्ने कार्यक्रम रहेको छ । बर्दिबासबाट उम्मेदवारी फिर्ता गर्नेमा धेरैजसो नेपाली कांग्रेसका कार्यकर्ता छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *