लामावासीको गुनासोः टावर आएन, भोट केमा हाल्ने ?

डिसी नेपाल
२६ वैशाख २०७९ २०:४१
184
Shares

मुगु । सदरमुकाम गमगढी बजारदेखि झण्डै दुईरतीन दिन पैदल यात्रा हिँडेर डोल्फु पुगिन्छ । जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिका-१ स्थित उक्त गाउँमा लामा समुदायको बाहुल्यता छ । डोल्फु गाउँमा अन्य जातिभन्दा लामा समुदायका मानिस बस्छन् ।

उक्त गाउँमा ४६ घरधुरी रहेका छन् । स्थानीयको मुख्य पेसा यार्सागुम्बालगायत विभिन्न प्रकारका जडीबुटी संकलन गरी बिक्री गर्नु रहेको छ ।

लामा समुदायले घर पालुवाको रूपमा हिमाली क्षेत्र पाटन तिर अवस्थित चौरी, घोडाघोडी पाल्ने गरेका छन् । यो क्षेत्र भनेकै मुगु जिल्लाको हिमाली क्षेत्रमा पर्छ । यो स्थानमा चिसो बढी हुन्छ ।

हिउँद महिनामा हिउँ पर्ने भएकाले केही व्यक्ति सोही गाउँमै बस्छन् । केही व्यक्ति बसाइसराइ गरेर आफ्नो पाइक पर्ने स्थानमा गएर बस्छन् । चिसो महिनालाई जेनतेन कटाएर तातो महिना सुरु भएपछि फागुन महिनामा गाउँघर सम्झेर जाने गरेको स्थानीय तेन्जिङ छोई साङ लामाले बताए ।

दुःख पोख्दै उनले डोल्फु गाउँ त मुगु जिल्लाको अन्तिम गाउँ हो । यो गाउँको छिमेकी देश चाइनासँग सीमा जोडिएको छ । तर, डोल्फुवासीको ठूलो समस्याको रूपमा टेलिफोनको टावर नहुनु रहेको उनले बताए ।

पहिले हेलो नेपालको टावर भए पनि बन्द भएको धेरै वर्ष भएको उनी बताउँछन् । टाढा रहेका आफन्तसँग कुरा गर्नका लागि करिब एक घण्टा हिँडेर नोरकी लेख डाँडामा पुग्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।

फोन टावर मर्मत, नयाँ टावर जडानको लागि जिल्लास्थित सरोकारवाला निकायलाई भन्दा पनि कुनै सुनुवाइ नभएको लामाको गुनासो छ । उनले नेताहरूलाई वर्षौं बित्दा पनि टावर नआएको गुनासो गर्दै भोट केमा हाल्ने भनेर प्रश्न गरिरहेको बताउँछन् ।

२०७४ सालको तीनै तहको चुनावमा यहाँका नेताहरूले गाउँमा समस्या समाधान गर्ने भन्दै भोट मागेको भए पनि अहिलेसम्म समस्या ज्युकात्यु रहेको कार्मारोङ्ग गाउँपालिका(१ का वडा सदस्य घोन्बु लामा (तामाङ) बताउँछन् ।ले बताए ।

उनी भन्छन् ,‘फेरी ५ वर्ष पछि स्थानीय तहको चुनाव आए छ , टावर छैन , कुरा गर्न पाएको छैन , भोट के मा हाल्ने हो , कस्तो हाल्ने हो , कसलाई हाल्ने हो ?’ भनेर नेताहरूलाई ब्यङग्य गरेका छन् । अहिले पनि उनीहरू सञ्चार क्षेत्र बाट वञ्चित भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.