कास्कीमा मतदानको दिन बिहान ६ बजेपछि सवारी चलाउन नपाइने
पोखरा। कास्कीमा मतदानको दिन बिहान ६ बजेदेखि मात्रै गाडी बन्द हुने भएको छ। ७ बजेदेखि हुने मतदानका लागि १ घण्टा अघिदेखि गाडी सञ्चालनमा रोक लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। राती १२ बजेसम्म गाडी चल्न नपाउने सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए।
प्रशासनले मतदानको दिन अत्यावश्यक सेवामा सञ्चालित र स्थानीय तह सदस्य निर्वाचन कार्यविधि अनुसार सवारी अनुमति (पास) लिएकाबाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाएको छ। चुनावलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, सुरक्षित र भयरहित रुपमा सम्पन्न गर्न गाडी रोकिएको उनले बताए।
प्रशासनको सूचना अटेर गरे कानुन अनुसार कारबाही हुने बताइएको छ। गाडी बन्द हुने व्यवस्था जिल्ला अनुसार फरक छ । तनहुँमा भने विहान ५ बजेदेखि नै ठप्प पारिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment