श्रीलंकाका राष्ट्रपतिले संकटको बीचमा महत्वपूर्ण घोषणा गरे

डिसी नेपाल
२९ वैशाख २०७९ १२:२३
4.3k
Shares

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले नयाँ सरकार गठनको बारेमा ट्वीटरमा जानकारी दिएका छन्। उनले यस सम्बन्धमा ट्वीट गर्दै भनेका छन्, ‘देशमा अराजकताको अवस्थालाई नियन्त्रण गर्न र रोकिएका मुद्दाहरू समाधान गर्न नयाँ सरकार गठनका लागि पहल गरिनेछ ।’

उनले यसै साताभित्र संसदमा बहुमत भएको र जनताको विश्वास जित्न सक्ने प्रधानमन्त्री नियुक्त हुने लेखेका छन् । गोटबायाले ट्वीट गर्दै भनेका छन्, ‘नयाँ सरकारलाई नयाँ कार्यक्रम प्रस्तुत गर्ने मौका दिइनेछ र देशलाई आफ्नो नीतिका साथ अगाडि बढाउने अधिकार दिइनेछ ।’

“यसबाहेक संसदलाई थप सशक्त बनाउन संविधान संशोधनको पहल गरिनेछ। साथै कार्यकारी अध्यक्षको पद खारेज गर्ने सुझावमाथि पनि विचार गरिनेछ।”

यस सम्बन्धमा गोटाबायाले आफ्नो अन्तिम ट्विटमा लेखेका छन्, ‘जनताको जीवन र सम्पत्तिको सुरक्षाका लागि तपाईहरु सबैलाई सहयोग गर्न म विनम्र अनुरोध गर्दछु ।’

राष्ट्रपति गोटाबायाको यो ट्विट श्रीलंकाले गम्भीर चुनौतीको सामना गरिरहेको बेला आएको हो । मुलुक पहिलेदेखि नै आर्थिक सङ्कटमा गुज्रिरहेको भए पनि सोमबार देशका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपछि मुलुक राजनीतिक सङ्कटमा पनि गुज्रिरहेको छ ।

आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा सरकार विरोधी प्रदर्शनले हिंसात्मक रुप लिएको छ । देशैभरि फैलिएको हिंसाका क्रममा भएको गोलीकाण्डमा वर्तमान सांसदसहित पाँच जनाको ज्यान गएको छ ।

आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिनु एक्कासी भने होइन । यसको अनुमान धेरै पहिलेदेखि नै भइरहेको थियो । राष्ट्रपति गोटाबाया राजापाक्षेले महिन्दा राजापाक्षेलाई राजीनामा दिन आग्रह गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *