दैलेखको ठाटीकाँधमा झडप, मतदान स्थगित

डिसी नेपाल
३० वैशाख २०७९ १२:५०
112
Shares

सुर्खेत। दैलेखको ठाटीकाँध गाउँपालिका-६ को मालिका माध्यामिक विद्यालयको केन्द्रमा झडप भएको छ। दुई पक्षबीच झडप हुँदा प्रहरी अवस्था नियन्त्रणमा लिन हवाई फायर गरेको छ।

इच्छाइएका व्यक्तिको विषयमा विवाद हुँदा एमाले र नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

दुई पक्षबीच भएको झडपलाई नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर प्रसाद शाहले बताए। स्थिति नियन्त्रण बाहिर गएपछि अहिले मतदान स्थगित भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.