जनकपुरमा स्वतन्त्र उम्मेदवारको अग्रता,गठबन्धनको उम्मेदवार पाचौँ स्थानमा

डिसी नेपाल
३१ वैशाख २०७९ १३:०६
824
Shares

काठमाडौं। मधेस प्रदेशको राजधानी जनकपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता लिएका छन। साहले २३२ मतका साथ अग्रस्थानमा रहेका छन् । उनको निकटम प्रतिद्वन्द्धीका रुपमा नेकपा एमालेका  शिवशंकर साह देखिएका छन् उनले ९५ मत प्राप्त गरेका छन्।

त्यस्तै तेस्रो स्थानमा अर्का स्वतन्त्र उम्मेदवार बलराम महतो,चौथो स्थानमा लोसपाका मनोज चौधरीले ४१ मत र गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका जसपाका लालकिशोर साह पाचौँ स्थानमा रहेका छन्।उनले ३४ मत प्राप्तगरेका छन्।

उपप्रमुखमा कांग्रेसका किशोरी साह ३०० मतसहित अग्रस्थानमा रहेका छन् । १३५ दोस्रोमा एमालेकी रुणादेवी झा रहेकी छिन्।स्वतन्त्र उम्मेदवार साह गठबन्धनको तर्फबाट लालकिशोरलाई उम्मेदवार बनाउने निर्णय गरेपछि कांग्रेस परित्याग गरि उम्मेदवारी दिएका हुन्। साह जनकपुर नगर सभापति रहेका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.