जहाजमा अर्का पाइलट पनि सवार थिए

डिसी नेपाल
१५ जेठ २०७९ १४:२५
1.5k
Shares

काठमाडौं। आइतबार सम्पर्कविहीन तारा एयरको जहाजमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु सवार थिए। जसमा दुई जना तेस्रो मुलुकका र चार जना भारतीय नागरिक थिए। उक्त जहाजमा तीन जना चालकदलका सदस्यसहित पाइटल वसन्त लामा पनि सवार थिए।

यति एयरकै पाइलट लामा विदा मनाउन जोमसोम जान लागेका थिए। पाइटल लामाले आइतबार बिहान मात्र जहाज उडाएका थिए। आफ्नो ड्यूटी सकेर बिदा मनाउन भनेर उनी जोमसोम जान लागेका थिए।

यति एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जोमसोम जानुअघि पाइटल लामाले चार उडान भरेका थिए। बिहान जहाज उडाएर पछि पाइटल प्रभाकर प्रसाद घिमिरेलाई हस्तान्तरण गरेका थिए। सोही उडानमार्फत उनी जोमसोमतिर लागेका थिए।

पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको ट्वीनटर विमान अहिले सम्पर्कविहीन छ। तारा एयरका सिनियर क्याप्टेन घिमिरेले जहाज उडाइरहँदा सह-पाइटल उत्सव पोखेरेल र एयरहोस्टेज क्रिस्मी थापा साथमा थिइन्।

सम्पर्कविहीन बनेको विमानमा सवार यात्रुको नामावली सार्वजनिक भएको छ। जसमा पाइलट लामाको पनि नाम छ। उक्त विमान मुस्ताङको लेतेबाट सम्पर्कविहीन बनेको थियो ।

यति एयरका प्रवक्ता बर्तौलाले विमानबारे अहिलेसम्म केही पत्ता नलागेको बताए। ‘बाहिर हल्ला धेरै फैलिरहेको छ। तर, अहिलेसम्म जहाज फेला पारेका छैनौं । खराब मौसमका कारण खोजीकार्यमा समस्या भइरहेको छ,’ प्रवक्ता बर्तौलाले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *