साथीलाई बचाउन खोज्दा विष्णुले पनि ज्यान गुमाए

डिसी नेपाल
१५ जेठ २०७९ १७:११
796
Shares

धनगढी । धनगढी–३ स्थित मोहना नदीमा डुबेर आइतबार दुई बालकको ज्यान गएकको छ । कञ्चनपुरको राजघाट र धनगढी जोड्ने निर्माणाधिन पुल नजिकै पौडी खेल्न गएका वेला एक बालक नदीमा डुबेपछि उनलाई बचाउन जाँदा अर्का बालकको पनि मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी–३ विशालनगरका १० बर्षीय अनुप चौधरी र सोही ठाउँका १२ बर्षीय विष्णु गुप्ता मोहना नदीमा नुहाउन गएका थिए । सुरुमा १० बर्षीय बालक अनुप चौधरी डुबेका थिए ।

गहिरो खोचमा अनुप डुबेपछि सँगैरहेका विष्णु अनुपलाई बचाउन खोचमा हाम फालेका थिए । तर, साथीलाई बचाउँछु भनेर नदीमा हाम फालेका विष्णु आफै अस्ताए ।

‘प्रत्यक्षदर्शीका अनुसार साथी डुबेको देखेपछि विष्णुले हतारमा तलाउ जस्तो भएको नदीको खोचमा हाम फालेका रहेछन्,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षाक वेदप्रकाश जोशीले भने, ‘उनी आफै पनि तालबाट उम्कन सकेनन् ।’

नदीमा पौडी खेल्न गएकामध्ये अनुप चौधरी तार जालीमा फसेको पाइएको प्रहरीले जनाएको छ । ‘१० बर्षीय बालक अनुपको खुट्टा तार जालीमा अड्केपछि उनी बाहिर निस्कन नसकेको देखिन्छ,’ प्रहरी प्रवक्ता जोशीले भने, ‘बचाउन गएका विष्णु गुप्तालाई अनुपले च्यापेका कारण बाहिर निस्कन नसकेर मृत्यु भएको हुनसक्छ ।’

मृत्यु भएका दुवै बालकलाई सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीबाट निकालेको थियो । मृतक मध्ये अनुप धनगढी उपमहानगरपालिका–३ विशालनगर बस्ने अशोक चौधरीको छोरा हुन् भने १२ वर्षीय राजेश गुप्ताका विशालनगरकै बिष्णु गुप्ताका छोरा हुन् । उनीहरूको दिउँसो साढे १ बजे उद्धार गरिएको थियो । दुवै जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टन भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.