कर्मचारीको तलब १५ प्रतिशत बढ्यो
काठमाडौं । सरकारले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ ।
आइतबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९\८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा ले तलब वृद्धिको घोषणा गरेका हुन् ।
निजामती, सेना, प्रहरी, शिक्षक लगायत सबै राष्ट्रसेवकहरूलाई उत्प्रेरित गरी सेवाभाव उच्च बनाउन साउन १ गतेदेखि लागू हुनेगरी तलबमानमा १५ प्रतिशतले बृद्धि गरिएको मन्त्री शर्माले बताए ।
हाल खाईपाई आएको महंगी भत्तालाई समेत निरन्तरता दिएको उनको भनाइ छ । राष्ट्रसेवक कर्मचारीहरूको तलब सुविधा पुनरावलोकन गर्न र श्रमिकहरूको तलब सुविधाको अध्ययन गरी सरकारलाई सिफारिस गर्न एक उच्चस्तरिय तलब सुविधा आयोग गठन गरिने मन्त्री शर्माले बताए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment