मनी लन्ड्रिङ आरोपमा ईडीले सोनिया र राहुल गान्धीलाई बोलायो

डिसी नेपाल
१८ जेठ २०७९ १४:३५
136
Shares

काठमाडौं । प्रवर्तन निदेशालय (ईडी) ले नेसनल हेराल्डसँग सम्बन्धित मनी लन्ड्रिंग मुद्दामा कांग्रेस प्रमुख सोनिया गान्धी र उनका छोरा राहुल गान्धीलाई जुन ८ मा बोलाएको छ।

कांग्रेस प्रवक्ता रणदीप सुरजेवाला र कांग्रेसका वरिष्ठ नेता अभिषेक मनु सिंघवीले बुधबार पत्रकार सम्मेलनमा आफ्नो पार्टी यस मामिलामा नझुक्ने बताए।

सुरजेवालाले भने, ‘मुद्दालाई मोड्न माहिर मोदी सरकारले कायरतापूर्ण षड्यन्त्र गरेको छ । नेशनल हेराल्ड प्रकरणमा प्रधानमन्त्री मोदीले ईडीमार्फत बोलाउन पठाएका छन् । तानाशाह डराएको स्पष्ट छ । प्रष्ट छ, शासनका सबै मोर्चामा आफ्नो असफलता लुकाउन देशलाई भ्रमित गरिरहेको छ ।’

अभिषेक मनु सिंघवीले भने, ‘यो एकदमै मनगढन्ते काल्पनिक आरोप हो र यो एक प्रकारले हास्यास्पद छ। सत्तारुढ दलले आफ्ना प्रत्येक राजनीतिक प्रतिद्वन्द्वीमाथि हमला गर्छ । यो प्रतिशोधको भावनाबाट भइरहेको छ। यस मुद्दामा २०१४-१५ देखि अदालतमा सुनुवाइ चलिरहेको छ । अब सात वर्षपछि यसमा ईडी ल्याइएको छ । जहाँ पैसा छैन, सम्पत्ति हस्तान्तरण छैन, त्यहाँ कसरी सम्पत्ति शुद्धीकरणको मुद्दा आयो ? एलेएललाई सुदृढ पार्न, यसलाई इक्विटीमा रूपान्तरण गरिएको थियो जसमा ऋण चुक्ता गरियो। यो काम बिल्कुल जायज छ। यसबाट आएको पैसा कर्मचारीको तलबमा खर्च भयो ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *